३० हजार बढी जनसहभागिता जुटाउने तयारी
बुटवल,३० बैशाख ।
आगामि जेठ ३ गते देशभरका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु बुटवलमा भेला हुने भएका छन् ।

नेपाल भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गरी भेलाको तयारी बारे जानकारी गराएका हुन् ।

राजधानी काठमाण्डौसहित देशका बिभिन्न ठाउँका सुकुम्बासी तथा अव्यस्थित बसोबास हटाउने सरकारले तयारी गरेकोले देशभरका नेपाल भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई बुटवलमा बोलाइएको संघर्ष समितिका अध्यक्ष खड्क बहादुर पौडेलले जानकारी दिए ।

भेलाले भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीप्रति सरकारी रवैयाका बिरुद्ध कसरी अगाडी बढ्ने भन्ने बिषयमा व्यापक छलफल गरी निर्णय गर्ने संघर्ष समिति अध्यक्ष पौडेलले बताए ।

जेठ ३ गते देशभरका भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिसहित बुटवलमा ३० हजार बढीको जनसहभागिता रहने आयोजकले जनाएका छन् ।

भूमिहीन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीप्रति सरकारी रवैयाका कारण त्यहाँ बस्ने जनताकाे निद्रा हरण भएकोले सरकारको उक्त कदम बिरूद्व ससक्त संघर्षमा उत्रिनुपर्ने अवस्था आएको संघर्ष समितिका सल्लाहकार बिरेन्द्र बि क ले बताए ।