काठमाडौं,२९ कार्तिक । कानुन ब्यवसायीहरूले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो । केही कानून व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ ।
कानून व्यवसायीले अघिल्ला दिन प्रदर्शन गर्दै आएको ठाउँसम्म पुग्नबाट प्रहरीले रोकेको छ । कानून व्यवसायीलाई मूल गेटसम्म प्रवेश नदिने सुरक्षा रणनीति रहेको बनतइएको छ ।






