काठमाण्डाै,२८ कार्तिक ।
बारको आन्दोलनको विरोधमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन ।
कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए ।

प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन बाक्लिँदो छ भने प्रधानन्यायाधीश पक्षधरको पनि आन्दोलन देखिन थालेको छ ।

न्यायालय शुद्धीकरण जरुरी रहेको र प्रधानन्यायाधीशले सेटिङ गरिरहेको तथा उनले राजीनामा दिनुपर्ने भन्दै नेपाल बार चरणबद्ध आन्दोलनमा रहेको छ।