चितवन, २७ कार्तिक ।
मानवअधिकार तथा शान्ति समाजले चितवनको गैडाकोटमा प्रधानन्यायाधिशको राजिनामा माग गदै प्रर्दशन गरेको छ ।

प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवराको सिघ्र राजिनामा वा बर्हिगमनको माग गदै समाजले प्रर्दशन गरेको हो ।

प्रदर्शनकारीहरुले प्रधानन्यायाधिश सिघ्र राजिनामा देउ, सौदावजी गर्ने प्रधानन्यायाधिश चाहिदैन, न्यायालय दुषित गर्न पाइदैन, प्रधानन्यायाधिशले राजीनामा नदिए महाअभियोग लगाउ, बर्तमानको आवश्यकता न्यायलयको सुद्धिकरण,न्यायलयमा भागभण्डा बन्दगर, न्यायलयमा राजनितिक नियुक्ति बन्द गर लगायतका नारा लेखिएका प्ले कार्ड लिएर नगर परिक्रमा गरेका थिए ।

सो अवसरमा समाजका संस्थापक सभापति बरिष्ठ मानवअधिकारवादी नेता कृष्ण पहाडीले न्यायलयलाई कुनैपनि समयमा धमिलाउने काम गर्न नहुने बताउदै प्रधानन्यायाधिश जवराले सिघ्र राजिनामा दिनुपर्ने माग गरे । सौदावजी गर्ने प्रधानन्यायाधिश नचाहिने भन्दै उनले न्यायालय दुषित गर्ने छुट कसैलाई नभएको बताए ।

उनले न्यायालयको सुद्धिकरण बर्तमानको आवश्यकता रहेको बिचार ब्यक्त गरे ।

त्यस्तै समाजका केन्द्रिय सभापति गोविन्द खनालले प्रधानन्यायाधिशले तुरुन्त राजिनामा दिनुको विकल्प नरहेको बताउदै न्यायालय जस्तो पवित्र ठाँउलाई धमिलाउने काम भएकाले आफुहरु सडकमा आउनु परेको बताए ।

जनतालाई न्याय दिने न्यायालय सुदिकरण गर्नुपर्ने समय आएको भन्दै सभापति खनालले न्यायालयको सुदिकरणका लागि बाध्य भएर आफुहरु यो कदम चाल्नु परेको प्रष्प पारे ।

मानवअधिकार तथा शान्ति समाजले चितवनमा २६ र २७ अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

जसमा ३२ जिल्लाबाट एक सय भन्दा बढीसदस्यहरुको सहभागिता रहेको आतिथ्यशाखा चितवनका सभापति तथा कार्यक्रम संयोजक शम्भु राउतले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा समाजका संस्थापक सदस्य कृष्ण कडेल, पूर्व सभापति होमकान्त चौलागाई,बरिष्ठ उपसभापति शुशिल बस्नेत, महासचिव रामकृष्ण बराल लगाएतले शान्ति समाजले सधै जनताको पक्षमा उभिएर काम गर्ने बताएका थिए ।