काठमाडौं,२६ कार्तिक । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चाेलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै कानुन ब्यवसायीहरूले गरेको आन्दोलन जटिल माेडमा पुगेको छ ।
बेञ्च बहिस्कार गरेर आन्दोलन गर्ने नेपाल बार एसोसिएसनको कार्यकाे बिरोधमा कानुन व्यवसायीहरूनै बिराेधमा उत्रिएपछि बार
एसोसिएसनको आन्दोलन थप जटिल माेडमा पुगेको हो ।
नेपाल बार एसोसिएसनको आह्वानमा कानुन ब्यवसायीहरूले सर्वोच्च अदालतमा धर्ना दिइरहेका बेला आन्दोलनको बिपक्षमा रहेका कानुन व्यवसायीलगायतका सराेकारवालाहरूले शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् ।
कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोप लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा उत्रिएको छ ।
बेन्च बहिस्कार गरेर न्यायाधीशसहित बार आन्दोलनमा उत्रिएपछि कानुन व्यवसायीसहितले शुक्रबार ‘बेन्च बहिस्कार अन्त्य गर’ ह्यासट्यागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा स्वागत नेपाल, भूमिनन्द चुडालसहितका कानुन व्यवसायी सहभागी थिए ।
यसअघि आजै आन्दोलनको पक्ष र बिपक्षमा रहेका कानुन व्यवसायीहरूबीच झडप समेत भएको थियो ।
बिहीबार र शुक्रबार बारको धर्नामा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो । शुक्रबार बारले जबरालाई कार्यालय प्रवेश गर्न नदिने गरी धर्नामा बसेको थियो । तर, अर्कै गेट प्रयोग गरेर जबरा कार्यालयमा गएका थिए ।






