काठमाण्डाै,२५ कार्तिक । सर्वोच्च अदालतमा आज पनि कानुन ब्यवसायीहरूले धर्ना दिएका छन् ।
कानुन व्यवसायीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेपकाे प्रयास गरेको छ ।
सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नाराबाजी गरेका छन्।
उनीहरुले सर्वोच्च अदालतको मूलढोकामै प्रदर्शन गर्ने तयारी गरे पछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीले आज काठमाण्डौ उपत्यकाभित्रका सबै अदालत र न्यायाधीकरणमा धर्ना दिने कार्यक्रम तय गरेका थिए ।
नेपाल बार एसाेसिएशनको अगुवाइमा भइरहेको धर्ना कार्यक्रममा उनीहरु हातमा कालोपट्टी बाँधेर उपस्थित भएका छन् ।






