काठमाण्डौं,२३ कार्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हु्न् ।

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रपति भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन् ।