पाल्पा,१९ कार्तिक । पाल्पाको तानसेन नगरपालिका-१० नयाँपाटीका ७१ वर्षीय उदय सारूको लडेर मृत्यु भएको छ।
सारू घर नजिकै गोरेटो बाटोबाट करिब १५ फिट तल लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

शुक्रवार बिहान ५ बजे उनलाई मृत अवस्थामा देखेपछि उनका ज्वाइँ पुरन रानाले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरी जनाएको छ।