बुटवल,८ भदौ ।
रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब ८ लाख १७ हजार ९५०।–मूल्य बराबरको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०५।०७ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब.८ लाख १७ हजार ९५०।–मूल्य बराबरको सामानहरु नियन्त्रणमालिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित डण्डापुलबाट अ.मूल्य रु.३६,०००।– बराबरको ६ पिस साडी र १२ पिस कुर्था सुरुवाल बरामद भएको छ भने सिद्धार्थनगर नगरपालिका वडा नं. ११ स्थित जङगल टोलबाट अ.मूल्य रु. ७८,५००।–बराबरको लेडिज सुट १९ पिस र साडी २५ पिस बरामद भएको छ ।
त्यस्तै प्रहरीले जिल्लाको रोहिणीगाँउपालिका वडा नं. ३ स्थित धकधई चोकबाट अ.मूल्य रु.८५,०००।–बराबरको कुखुराको चल्ला २ क्यारेटमा अं.९०० -नौ सय ) पिस बरामद गरेको छ भने सिद्धार्थनगर नगरपालिका वडा नं. ११ स्थित नौडिहवाबाट अ.मूल्य रु.१७,०००।– बराबरको २५ के.जी. स्याउ, ४० के.जी. मुसम्मी र १० के.जी. अनार बरामद गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ४ स्थित घाँघरा पुलबाट अ.मूल्य रु.२०,७५०।– बराबरको ७५ के.जी. ब्रोईलर कुखुराबरामद भएको छ भने बुटवल उप–महानगरपालिका वडा नं.५ स्थित हाटबजारबाट अ.मूल्य रु.७३,७००।– बराबरको लु ३५ प १८८ नं.को मोटरसाइकल सहित मसला ७९ प्याकेट, ल्वाङ सुक्मेल २० पाता र छोडा गडि २० पता बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको मायादेबी गाँउपापलिका वडा नं.७ स्थित बनगाईबाट अ.मूल्य रु.२५,७००।– बराबरको केबल १०० पिस,डाटाकेबल माईक्रो ९९ पिस, मोबाईल गेमिङ फिङगर सिलिभ १९० पिस र १ पिस भ्याकुम फिलमिङ मेसिन बरामद गर्नुका साथै सिद्धार्थनगर नगरपालिका वडा नं. ११ स्थित नौडिहवाबाट अ.मूल्य रु.१,९०,०००।– बराबरको लु १९ प ५४२५ नं. मोटरसाइकल सहित ७० जोर जुत्ता बरामद भएको छ ।
।
जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ स्थित पडरियाबाट अ.मूल्य रु.१,००,०००।– बराबरको लु १२ प ७०४२ नं. को मोटरसाइकल सहित २ पिस ट्वाइलेट सिट बरामद भएको छ भने रोहीणी गाँउपालिका वडा नं. ३ स्थित धकधई चोकबाट अ.मूल्य रु.१५,३००।– बराबरको १७ वटाब्राइलर कुखुरा बरामद भएको प्रहरीले जनाएको छ ।
कोटहीमाई गाँउपालिका वडा नं. ३ स्थित मर्यादपुरबाट अ.मुल्य रु. १८,०००।– बराबरको २५ वटा बोईलर कुखुरा बरामद गर्नुकासाथै प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बाईपासबाट ५४,५००।– बराबरको ७ पिस पि–क्याप, ४ जोर जुत्ता,६ जोर चप्पल,टाउजर ४ पिस,टिसट २६ पिस र ५ पिस परफ्यूम बरामद गरेको छ ।
त्यस्तै तिलोत्तमा नगरपालिका वडा नं ३ स्थित मगरघाटबाट अ.मूल्य रु.९२,५००।– बराबरको लु ६४ प १७३ नं. को मोटरसाइकल सहित २५० के.जी. काचो केरा बरामद हुनकासाथै रोहीणी गाँउपालिका वडा नं.२ स्थित खरबिन्दटोलबाट अ.मूल्य रु.११,०००।– बराबरको अ.११ के.जी. सुर्ती बरामद गरिएको पहरीले जनाएको छ ।






