कपिलवस्तु,१९ कार्तिक । कपिलवस्तुको बाणगंगाबाट ६ लाखबढि नगदसहित ३१ जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले बिहीबार मध्यराति जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट ३१ जनालाई पक्राउ गरेको हाे । जुवा खालबाट ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जााकारी दिए ।
बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका हुन् । यसैगरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए । उनीहरू रातका २ बजे समातिएका हुन । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएको कारण नाम सार्वजनिक गराएको छैन ।






