बुटवल,१८ कार्तिक । बुटवलको सडक दुरावस्ताकाे बिराेधमा आज सडकमै सुतेर बिराेध प्रदर्शन भएको छ ।
सडक निर्माण तत्काल गर्न दवाब दिन सामाजिक कार्यमा क्रियाशिल विभन्न संस्थाले आज्ञ बुटवलमा सांस्केतिक रुपमा विरोध गरेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

इको यात्री, टिम नेपो, अल केयर नेपाल र आइकोनिक बुटवलले बिहीबार बुटवलको पुष्पलाल पार्कमा सांस्केतिक रुपमा विरोध गर्दै निर्माणका लागि सम्बन्धीत निकार्यको ध्यानाकर्षण गराएका हुन् । बिहीबार बुटवलको प्रदुषण उच्च रहेकाले सडकमै अक्सिजन सिलिन्डर राखेर सरकारलाई तत्काल सडक निर्माण गर्न दबाब दिन विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक समुन्द्र घिमिरे क्षेत्रीले बताए ।

उनिहरूले ‘यो सडक हो कि मान्छे मार्ने पासो? जति दुर्घटना भए पनि छैन सरकारलाई चासो लेखिएको ब्यानरसहित युवाहरुले प्रर्दशन गरेका थिए । प्रर्दशनमा ‘सरकार जलाउन सक्छौ भने तिहारको दिन दियो जलाई जनताको मन नजलाउ’,‘म मरेको होइन म मारिएको हो । मान्छे न्याय माग्न अदालत जान्छन् म बोल्न नसक्ने प्राणी कहाँ जाउँ?’,‘ सरकार तिमी कुन बाटो हिड्छौँ?’, आमा बन्ने खुसीमा अस्पताल आए, बाटोको कारण ६ महिनाको बच्चा गुमाए’ लगायतका प्ले कार्डसहित प्रर्दशन गरेका थिए । प्रर्दशनमा सडक दुर्घटनामा परी घाइते भएको अभिनय समेत प्रस्तुत गरेका थिए ।

अहिले सांस्केतिक रुपमा मात्रै बिरोध गरीएको र तिहार पछि सार्वजनिक कार्यालय खुलेपछि थप कार्यक्रम गर्ने संयोजक घिमिरेले बताए । तिहार पछि सडक डिभिजन कार्यालय,बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकारलाई सडक निर्माण गर्न दबाब दिन ज्ञापनपत्र बुझाउने घिमिरेले बताए ।

बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडकको दुराावस्था भएको छ ।