पाल्पा,१८ कार्तिक । पाल्पाको अर्गलीमा बरको रुख ढलेर च्याप्दा १ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बरको रुख ढलेर किचेको र पानीमा डुबेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा तानसेन १४ अर्गलीका ५० वर्षिय लक्ष्मण प्रसाद पाण्डे रहेका छन् ।
आफन्त भेट्न छेर्लुङ जाने क्रममा कालिगण्ढकी करिडोरको कुरुङखोला तर्दै गर्दा खोला छेउको बरको रुख अकस्मात ढलेर पाण्डेलाई च्यापेकाे प्रहरीले जनाएको छ । रुखले च्यापेपछि खोलाबाट निसकन नसकेका पाण्डेलाई खोलाले बगाएको र नजिकै बाँसको जरामा अल्झेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीबाट सूचना पाए लगत्तै प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी परिचालन गरिउको पाल्पा प्रहरीका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए ।