कपिलवस्तु,१८ कार्तिक । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ८ स्थित बिजुवा चोकबाट प्रहरीले पेस्तोल र लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाकाे मायादेवी गाउँपालिका–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमान रहेका छन् ।

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतार्फ आउदै गरेका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

उनको साथबाट ४२ चक्की स्पास्मो ,२१ चक्की नाइट्राजेपाम , भिभो मोबाइल १ थान, पेनड्राइप ४ थान र वाइफाइ स्पिडर १ थान, बरामद गरिएको प्रहरीले जनाएको छ ।