काठमाडौ,१७ कार्तिक ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिएकाे नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार वकिलहरूको चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका हुन् ।

पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भइसकेको छैन ।

प्रधानन्यायाधीशले राजिनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे बताए ।

अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उनले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताए ।