बुटवल,१७ कार्तिक । प्रहरीले बुटवलबाट ५१ लाख ४८ हजार ५ सय रुपैया बराबारको अवैध सामाग्री बरामद गरेको छ ।
बुटवल उप–महानगरपालिका वडा नम्बर १ को तिनाउ पुलबाट लु१ज ४६३६ र लु१ज ३७८७ नम्बरको जिपमा भारतबाट अवैध रुपमा ल्याईएको अबैध सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता,प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए ।
बरामद भएको सामाग्रीमा ६० हजार पिस ओठमा लगाउने “लिपगार्ड” रहेको छ । यस्तै उनी कुर्ता सुरुवाल सेट २ सय ३६ पिस, चुन्नी ६ सय पिस, बनारसी साडी ६७ पिस रहेको छ । पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करिब साढे ५१ लाख मूल्यांकन गरेको छ । यस्तै बिभिन्न ब्राण्डका जुत्ता, टिशर्ट, बिभिन्न प्रकारका सुटहरु पनि बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।
अबैध सामाग्री संगै प्रहरीले जिप चालक सैनामैना वडा नम्बर २ का ४० बर्षिय तुलसी थारु र सोही ठाउका ४० बर्षिय मिन प्रसाद भण्डारीलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्त र बरामद समान कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।






