बुटवल,१७ कार्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ काे सेमलार पश्चिम कर्साघाटस्थित एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ ।
मंगलबार राति ८ बजेतिर भएको आगलागीबाट कराेडाै मुल्यकाे धनमाल जलेर नष्ट भएको छ ।
बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक नगरपालिका,तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरु र सुरक्षाकर्मीहरुकाे संयुक्त प्रयासमा आगलागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिकाे बिबरण संकलन गर्नुका साथै घटनाको बिषयमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता,प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।






