काठमाण्डौ,१६ कार्तिक ।
नेपालमा मंगलबार थप ४६९ जनामाकोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५५५ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म सात लाख ९२ हजार ८३२ जना कोरोना संक्रमित निको भएका छन् ।
सो अवधिमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४२७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर नौ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा एक करोड ६० लाख मात्रा खोप लगाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ६० लाख चार हजार १२७ मात्रा खोप लगाइएको छ । यसमध्ये ७३ लाख २४ हजार ९२९ जनाले पूर्ण मात्रा र ८६ लाख ७९ हजार १९८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
यसैबीच मंगलवार लगातार दोस्रो दिन पनि कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको छ ।
२४ घण्टामा १० हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ५५ प्रतिशत अर्थात् ४६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो सोमवार पनि संक्रमण दर साढे चार प्रतिशतमै सीमित थियो ।






