समस्या समाधानका लागि संसदको बिशेष अधिवेशन बोलाएर छफल गर्नुपर्नेमा जोड
बुटवल,१६ कार्तिक ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशव सूर्यवंशीमगरले न्यायलयमा देखिएको समस्या तत्काल समाधान नभए मुलुकमा राजनैतिक दुघर्टना निम्तिन सक्ने चेतावनी दिएका छन् ।
जनमुक्ति पार्टी बुटवल उपमहानगरसमितिद्धारा बलिहाङ तिहार,छठ पर्व तथा नेपाल सम्वतको अवसरमा आज बुटवलमा आयोजित शुभकामना आदान–प्रदान तथा देउंसी–भैलो कार्यक्रमलाई सम्बोधन गदैं कार्यकारी अध्यक्ष सूर्यवंशीले न्यायलयल देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।
न्यायालयमा देखिएको समस्या सरकार वा कुनै दलले समाधान गरेर समाधान नहुने भन्दै उनले त्यसबारे सार्वभौम संसदमा छलफल गरेर निकास दिनुपर्ने बताए ।
आम जनताको बिश्वासको धरोहर न्यायपालिकामा देखिएको बिवादले प्रधानन्यायाधिसको व्यवहारसँग मात्रै सम्बन्धित नरहेको भन्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले यो बिवादले न्यायालय र व्यवस्थामाथिनै बिश्वासको संकट उत्पन्न गरेको बिचार व्यक्त गरे ।
मुलुकमा बढेको भ्रष्ट्राचार अन्त्यका लागि जनमुक्तिको सरकार बन्नुपर्ने भन्दैं उनले भ्रष्ट्राचारको अन्त्य नभैकन देशको विकास र सम्बृद्धि नहुंने बताए ।
पार्टीलाई मुलुकको बैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने पार्टीको महाधिवेशनले अठोट गरेको भन्दै उनले सोही अनुसार मिहनेत गरेर अगाडि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।
निर्वाचनमा गरेका बाचा जितेर गएपछि पुरा नगरे त्यस्ता दललाई फिर्ता बोलाएर जनताले कारवाही गर्नृुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष कमला थापाले आउंदो निर्वाचनमा पार्टीलाई सरकारमा पुर्याउने गरि लाग्नु पर्नेमा जोड दिइन् ।
पार्टीका उपाध्यक्षहरु होमाया गुरुङ,मनिराम चौलागाई र क्या.भीमबहादुर रानाले पहिचानसहितको अधिकार स्थापित गर्न पार्टीका नेता कार्यकर्ता गाउं–टोलमा पुग्नुपर्ने बताएका थिए ।
पार्टीका नगर अध्यक्ष थर्कबहादुर बारघरेको अध्यक्षता,सचिव खिमा थापाको सञ्चालन,वरिष्ठ उपाध्यक्ष धनीसरा दर्लामीको स्वागतमा भएको कार्यक्रममा,संघीय सदस्य धनी आले,राष्ट्रिय महिला मोर्चा,बुटवल नगर अध्यक्ष बसन्ती साठीघरेमगर लगायतले आ आफ्नो भनाई राखेका थिए ।






