बुटवल,१६ कार्तिक । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरमा टिप्परको ठक्करबाट एकजना बृद्धा महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी जिल्ला कालीगण्डकी गाँउपालीक घर भई हाल तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आएकी ७८ वर्षिया प्रेमकुमारी आचार्य रहेकी छन् ।
शंकरनगर स्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएको प्रहरीले जनाएको छ ।
लु २ ख २२१६ नम्बरकाे टिप्परले ठक्कर दिएको खुल्न आएको र चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।






