बुटवल,१५ कार्तिक ।
३३ पटक रक्तदान गरेका रूपन्देहीको सिद्वार्थनगरका नन्दबहादुर लामिछाने थापा (मोहन) सम्मानित भएका छन् ।
‘रक्तदान जीवनदान´भन्ने भावनाका साथ ३३ पटक सम्म रक्तदान गरेको भन्दै उनलाई राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगर नगर समितिले सम्मान गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी सिद्धार्थनगरका युवा नेता समेत रहेका लामिछानेलाई साेमबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रिय सचिव मोजिव अलिले सम्मान गरेका हुन् ।

नगरमा उनलाई आपतकालिन रक्तदाताका रूपमा समेत चिनिदै आएका छन् । रगतको अभाव हुँदा उनको खोजी हुने गरेकाे बताइएको छ । निरन्तर रक्तदान गर्दा स्वास्थ्य पनि स्फुर्ती हुने उनकाे भनाइ छ ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति सम्मान गर्ने रक्तदातालाई सम्मान गरिएको जनमुक्ति पार्टी सिद्वार्थनगर समितिका अध्यक्ष प्रेम गुरुङ्ग ले बताए ।