बुटवल,१५ कार्तिक । रुपन्देहीकाे मायादेवी गाउपालिकामा ट्रकले माेटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।
जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा लु.५० प ६०३१ नम्बरको मोटरसाइकललाई ना.३ ख ४२१९ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक परिचय नखुलेका करिब २५ वर्षीय युवकको मृत्यु लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा स्गित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।






