काठमाण्डाै,१५ कार्तिक ।

नेपालमा साेमबार थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना गरि ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९० जना काेराेना संक्रमित निकाे भएका छन् ।
हालसम्म कूल संक्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना निकाे भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा ९ हजार ३१८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार ४१६ जना काेराेना संक्रमितको मृत्यु भएको छ । त्यस्तै नेपालमा थप ६५ हजार २८ जना कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पूर्ण मात्रा खाेप लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउनेकाे संख्या ८६ लाख ७० हजार २४ जना पुगेको छ ।