n08g, !$ sflQs . k|wfgdGqL z]/axfb'/ b]pjf;Fu oxfFl:yt g]kfnL b"tfjf;n] pxfFsf] ;Ddfgdf cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub{} . t:jL/ M eLid/fh cf]emf, /f;;

काठमाण्डाै,१५ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन कोप–२६ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति ग्लास्गो पुगिसकेका छन् । उनले आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कार्यक्रम समेत रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने भाेलि नै श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको छ । यस्तै, उनले आजै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै, भोलि बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्यान्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि प्रधानमन्त्री देउवा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले हिजो र अस्ति लण्डनमा विभिन्न संघसंस्थाका पदाधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी भएका थिए । प्रधानमन्त्री देउवाले पर्सि स्कटल्यान्डको इडिनबर्गमा रहेको रोयल बोटानिक गार्डेनको भ्रमण गरी सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।