गुल्मी,१५ कार्तिक ।
गुल्मीमा मलामी गएका एक युवकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाकाे चन्द्रकाेट गाउँपालिका वडा नं ७ रूपाकाेट बस्ने १९ बर्षिय शंकर पाैडेल रहेका छन् ।
उनको साेही ठाउँका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका बेला कालिगणडकी नदिमा डुबेर मृत्यु भएको हो ।
दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जना र रिडी ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुबराज बमको नेतृत्वमा ७ जनाको टोलीले रुद्रवेणीघाट भन्दा ८ किलो मिटर दक्षिण कालिगण्डकी नदीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।






