काठमाण्डाै,१४ कार्तिक । नेपालमा आइतबार थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७३१ पीसीआर परीक्षण गर्दा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षण गर्दा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना काेराेना संक्रमित निकाे भएका छन् भने ८ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ९१ हजार ७८७ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ४०७ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेकाे छ । जसमध्ये ८ हजार ६१५ जना होम आइसोलेसनमा रहेका छन् भने ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२५ जना आईसीयू र ७० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।
आज कुन जिल्लामा कति जनामा काेराेना संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै काठमाडौंमा ९९, रुपन्देहीमा ५०, कास्कीमा ३६, चितवनमा २९, झापामा २३, सुनसरीमा २२, मोरङमा २१, ललितपुरमा १३ र नुवाकोटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






