बुटवल,१४ कार्तिक ।
लुम्बिनी प्रदेश सभाले जिवनासक बिषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ ।
आज बसेकाे प्रदेश सभाकाे नवाै अधिवेशनकाे दशाै बैठकले कृषि,खाद्य प्रबिधि तथा भुमि ब्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले पेश गरेको उक्त विधेयक दफावार छलफलका लागि कृषि,बन तथा वातावरण समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशकाे मुख्य न्याधिवक्ता कार्यक्रमकाे बार्षिक प्रतिवेदनमा पेस गरेका थिए ।
प्रदेश सभाको अर्को बैठक यही कार्तिक २८ गते बस्नेगरि स्थगित भएको छ ।
यसअघि आजै बसेकाे प्रदेश सभनकाे बैठक एमालेले अबरुद्ध गरेको थियो ।

एमालेकाे अबरोधका कारण आधाघण्टाका लागि स्थगित भएको प्रदेश सभाको अर्को बैठकमा भने एमालेका प्रदेश सभा सदस्यहरूकाे उपस्थिति थिएन ।

तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी प्रदेश सभा सदस्य विमला खत्री वली र सुर्य चुनाव चिन्ह लिएर निर्वाचन जितेका स्वतन्त्र प्रदेश सभा सदस्य अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।