बुटवल,१४ कार्तिक ।
आज पनि नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अबरुद्ध गरेको छ ।
एमालेकाे अबरोधका कारण प्रदेश सभाको बैठक आधाघण्टाका लागि स्थगित भएको छ ।
सभामुख पुर्णबहादुर घर्तीले बैठकको बार्यबाही सुरु गरे लगत्तै नेकपा एमालेका प्रदेश सभा सदस्य तुल्सी प्रसाद चाैधरीले सभामुखले आफुहरूकाे माग सम्बनेधन नगरेको भन्दै माग पूरा नभए सम्म सदन चल्न नदिने बताए ।
एमालेका प्रदेश सभा सदस्य चाैधरीले बाेले लगत्तै एमालेका सांसदहरूले राेष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

नेकपा एमालेकाे अबरोधका कारण सुरु भएको ५ मिनेटमै बैठक स्थगित भएको थियोे ।
तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।