काठमाण्डाै,१४ कार्तिक । आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
चिसो बढ्दै गएकाले ती ठाउँहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

स्थानीय वायुको प्रभावका कारण आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको उनलेे बताए । यद्यपि ठूलो प्रणाली नभित्रिएकाले ठूलो पानी पर्ने वा हिमपात हुने सम्भावना भने नरहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् प्रधानाङ्गले बताए । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको छ ।