काठमाण्डाै,१४ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी शनिबार राति काठमाण्डौ आएका हुन् ।

अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए । अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल संघ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ ।

अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा सहभागी भएको थियो । पहिलो पटक साफमा फाइनल पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो।