बुटवल,१३ कार्तिक ।
नेपालमा शनिबार थप ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३१६ पीसीआर परीक्षण गर्दा २९७ जना र २ हजार ५९५ एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमित निको भएका छन भने कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १०३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।