बुटवल,७ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सिताराम तामाङले क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी तथा अब्यवस्थित बसाेबासी समस्या समाधान नहुने बताएका छन् ।
क्रान्तिकारी किसान महासंघ नेपाल, केन्द्रीय समितिद्वारा आइतबार रूपन्देहीको सैनामैनामा आयोजित “सुकुम्बासी र अब्यवस्थित बसाेबासी माथि राज्यको क्रुर दमन र न्यायपुर्ण निकास” बिषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै तामाङले क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी तथा अब्यवस्थित बसाेबासी समस्या समाधान नहुने भन्दै त्यसका लागि ससक्त आन्दोलन जरुरी रहेकोमा जाेड दिए ।
गरिब,बिपन्न,सुकुम्बासी तथा अब्यवस्थित बसाेबासीप्रति बर्तमान सरकार अनुदार देखिएको भन्दै स्थायी समिति सदस्य तामाङले यो सरकार रहेसम्म सुकुम्बासी तथा अब्यवस्थित बसाेबासीका समस्या समाधान नहुने दाबी गरे ।
बर्तमान सरकारलाई साम्राज्यवादी शक्तिको पृष्ठपाेशककाे संज्ञा दिदै उनलेे यो सरकारले जनताको सेवा गर्नुको सट्टा साम्राज्यवादी शक्तिकाे सेवा गर्ने आराेप लगाए ।
क्रान्तिकारी किसान महासंघका केन्द्रीय सह-संयाेजक धनेश्वर पाेखरेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अर्का स्थायी समिति सदस्य कृष्णराज पाैडेल,नेपाल समाजवादी पार्टीका नेता नवीन सुनुवार,अर्थतन्त्रका जानकार मनिकर कार्की,नागरिक समाजका अगुवा पदमा कार्की,भूमिहीन,सुकुम्बासी तथा अब्यवस्थित बसाेबासी संघका केन्द्रीय अध्यक्ष खगेन्द्र पाैडेल,बाम बुद्धिजीवी लाेकराज भुसाल,क्रान्तिकारी किसान महासंघका केन्द्रीय सचिवालय सदस्य क्षेत्र बहादुर थापालगायतले आ आफ्नो भनाइ राखेका थिए ।






