बुटवल,१३ कार्तिक ।
नागरिक समाज बुटवल उपमहानगर समितिको नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार बुटवलमा सम्पन्न समाजको दोस्रो साधारण सभा तथा प्रथम नगर अधिवेशनले अरुण कुमार श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ,सचिबमा खगेन्द्र पौडेल,सह सचिबमा हुम बहादुर पछाई क्षेत्री,कोषाध्यक्षमा गौतम कालिराज चयन भएका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा खेमराज पाठक,आनन्द भगत श्रेष्ठ,बिजयरत्न शाक्य,ज्ञानेन्द्र पाण्डे,लोकनाथ न्यौपाने,रामप्रसाद न्यौपाने,नरबहादुर रजाली,सीता बस्नेत,राधिका शाही,गोमा पोखरेल,मञ्जु प्रधान,तेजलाल आचार्य,बुद्धिसागर पाण्डे,दीपक पौडेल,मीना क्षेत्री र पुरन सुनार रहेका छन् ।
नागरिक समाज बुटवल उपमहानगर समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठको सभापतित्व र समाजका बरिष्ठ सल्लाहकार तथा पुर्ब जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिक समाज रुपन्देहीका उपाध्यक्ष शारदा पोखरेल,नागरिक समाज रुपन्देहीका सचिब दीपक रोक्का,तिलोत्तमा नगर अध्यक्ष इश्वरी पाण्डे,नागरिक समाज बुटवलका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ,सचिब खगेन्द्र पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।






