बुटवल,१२ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बिगतको राजनीतिक नेतृत्वले परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा प्राप्त उपलब्धी संस्थागत हुन नसकेको बताएका छन् ।

लामो संघर्ष र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको भन्दै उनले राजनीतिक नेतृत्वले परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा प्राप्त उपलब्धी संस्थागत हुन नसकेको बताए ।

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा समस्या उत्पन्न भएको बताउदै उनले आगामी दिनमा तीनै तहका सरकारकाबीच व्यवस्थित रुपमा समन्वय हुन सके देखिएका समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षेत्री,नेकपा एमालेका प्रदेश सभा सदस्य डा.कृष्ण प्रसाद न्यौपाने,नेपाल पत्रकार महासंघ प्रदेश महासचिब बिक्रम खड्का लगायतले आ आफ्नो भनाई राखेका थिए ।