काठमाण्डौ,११ कार्तिक ।
नेपालमा बिहिबार थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ३५५ जनाको कोरोना परीक्षण गर्दा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४८ जनाको पिसिआर परीक्षण र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना संक्रमित निको भएका छन भने २ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ९७.३ प्रतिशत कोरोना संक्रमित निको भएका छन भने ११ हजार ३८२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशत नजिक झरेको छ ।

नेपालमा हाल १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् ।