काठमाडौं,११ कात्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने निष्चित भएको छ ।
केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।

निर्वाचन समितिले यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेकाे थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।