बुटवल,१० कार्तिक ।
रुपन्देही जिल्लाको कञ्चनबाट लागुऔषध ब्राउनसुगर सहित तीनजना पक्राउ परेका छन् ।

प्रकाउ पर्नेहरुमा कञ्चन ४ ढावा बस्ने बर्ष २९ का नन्दकुमार दर्जी (आनन्द), कञ्चन ४ थकालीचोकका बर्ष ३४ का प्रदिप पुन र थकाली चोककै बर्ष ३१ का मोहन सुनार रहेका छन ।

बुधबार दिउँसो करिब २ बजेको समयमा कञ्चन-४ ढावामा नशालु पदार्थ प्रयोग गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालयको प्रहरी गष्ति टाेलीले गस्ती पक्राउ गरेको हो ।
लागुऔषध सेवन गरिरहेको अवस्थामा २ जनालाई पक्राउ गर्दै गर्दा लागु औषध दुरुपयोगमा संलग्न अर्का ब्यक्ति पनि पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
नन्दकुमार दर्जीले लागु औषध प्रयोगकर्ता प्रदिप पुन र मोहन सुनारलाई ब्राउन सुगर जस्ता नशालु पदार्थ बेच्ने गरेको पाईएको प्रहरीको दाबी छ ।
उनीहरुको साथबाट ९ सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको ईलाका प्रहरी कार्यालय थकालीचोकका प्रहरी निरिक्षक देबेन्द्र मल्लले जानकारी दिए ।

प्रहरी निरिक्षक मल्लका अनुसार सिभिल ड्रेसमा खटिएका सुरक्षागस्ती टोलीले पहिलो पटक यति परिमाणकाे लागु औषध सहित पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका ३ जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सालझण्डीमा पठाइएको प्रहरी निरिक्षक मल्लले बताए ।
आनन्द भन्ने नन्द बहाुर दर्जी माइक्रो बसका बस चालक भएको बताइएको छ ।