बुटवल,१० कार्तिक ।
श्रीनगर एग्रो ग्रुपद्धारा रुपन्देहीको बुटवलमा आयोजित तीन दिने ब्यवसायीक लेयर्स कुखुरा पालन सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।

किसानलाई श्रीकिसान बनाउने उद्देश्यसहित अण्डा उत्पादनको लागि पालिने लेयर्स जातको कुखुरा पालन गर्दा कृषकले जान्नु पर्ने प्राविधिक जानकारी दिन तालिम सञ्चालन गरिएको हो ।
३५ जना कृषकको सहभागिता रहेको तालिम बुटवल फर्साटिकर स्थित कुखुरा फार्ममा सञ्चालन गरिएको निर्देशक मौषमी श्रेष्ठले जानकारी दिइन् ।
ब्यवसायीक कुखुरा पालन गर्दा कृषकले जान्नु पर्ने प्राविधिक जानकारी तालिममा प्रदान गरिएको उनले बताइन् ।
तालिममा रुपन्देही,पाल्पा, गुल्मी,अर्घखाँची,कपिलबस्तु जिल्लाका कृषक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
श्रीनगर कृषकको सहयात्री बनाउँदै किसानलाई श्रीकिसान बनाउने उद्देश्य सहित एग्रो ग्रुपले कृषकको उत्पादन बढाउन तालिम सञ्चालन गर्दै आएको उनले बताइन् ।
तालिममा लुम्बिनी प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले कृषकले ब्यवसायीकरण कृषि गर्दै जाँदा बजारिकणलाई ध्यान दिन सुझाव दिए ।
उनले कुखुरा पालन तथा कुषिमा ब्यवसायीकरण गर्दा प्राविधिक ज्ञान लिन जरुरी भएको बताए ।
कार्यक्रममा विश्व खाद्य कार्यक्रमकी शीलु शाक्य,बलियो नेपाल परियोजनाका रोशन डंगोल,श्रीनगर एग्रो ग्रुपका परियोजना म्यानेजर दिनेश क्षेत्री लगायतले तालिमको उपयोगिता र महत्वका बारेमा आ आफ्नो भनाई राखेका थिए ।
१७ वर्ष अघि स्थापना भएको श्रीनगर एग्रो ग्रुपले रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ह्याचरी उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगमा अहिले प्रतिहप्ता ७० देखि ८० हजारसम्म कुखुराको चल्ला उत्पादन हुदै उद्योगले जनाएको छ । ग्रुपले कुखुरा , गाई , भैसी , माछाको लागि चाहिने दाना समेत उत्पादन गर्दै आएको छ ।





