बुटवल,९ कार्तिक ।
लेखक मोहन गोले तामाङद्धारा लिखित ‘जातिबादको शल्यक्रिया’ पुष्तकले नेपालमा जातीय अबस्था र जातीय बिभेदबारेको तथ्य उजागर गरेको सरोकारवालाहरुले बताएका छन् ।
नागरिक चौतारीद्धारा मंगलबार बुटवलमा आयोजित ‘जातिबादको शल्यक्रिया’ कृति बिमर्श कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकारहरुले उक्त कुरा बताएका हुन् ।
पुष्तकमाथि टिप्पणी गर्दै लेखक समेत रहेका राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामीले पुस्तकले नेपालको जातीय अबस्थाको बारेमा साच्चिकै शल्यक्रिया गरेको बताउदै पुस्तकले नेपालमा व्याप्त जातीय समस्या समाधान गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
अर्का टिप्पणीकर्ता लेखक तथा साहित्यकार ऋषि आजादले पुस्कमा नेपालको जातीय अबस्थाको बारेमा तथ्यपरक सामाग्रि समावेश गरिएको भन्दै अध्ययनकर्ताहरुका लागि पुस्तक उपयोगि भएको बताए ।
जातीय बिषयमा यत्तिको यथार्थ र तथ्यपरक पुस्तक यसअघि कसैले प्रकाशित नगरेको भन्दै उनले अध्ययनकर्ताहरुका लागि पुस्तक उपयोगि र पठनीय भएको दाबी गरे ।
लेखक मोहन गोले तामाङले नेपालका राजनीतिक दलहरुले जातीयताको बिषयलाई बिखण्ढनसँग जोडेर भ्रम फैलाउने काम गरेको भन्दै नेपालमा अब छिट्टै जातीय आन्दोलन उठ्ने बताए ।
नागरिक चौतारी,नेपालका अध्यक्ष सुन्दर गुरुङको अध्यक्षतामा सम्पन्न कृति बिमर्श कार्यक्रम नागरिक चौतारीकी सदस्य यशोधा थापाको सहजिकरणमा सम्पन्न भएको थियो ।







