बुटवल, ६ कार्तिक
किवानीज ईन्टरनेशनल सेन्टर बुटवलले बुटवल उपमहानगरपालिका वडा नं. १९ को मनोहरापुर स्थित अमर माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।

किवानीज वन डे को अवसरमा क्लबले शनिबार विद्यालयका २३ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कपिकलम, पेन्टिङ सामग्रीसहित शैक्षिक सामग्रीको ब्याग हस्तान्तरण गरि दिवस मनाएको हो ।
हरेक वर्ष २३ अक्टोबरका दिन किवानीज वन डे का रुपमा मनाइदै आएको अध्यक्ष अध्यक्ष टिकाराम पाण्डेले बताए ।

शनिबार एक कार्यक्रमका बिच क्लबका प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्याल,क्लबका अध्यक्ष टिकाराम पाण्डे, निर्वाचित अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष मनोज राना, पुर्व अध्यक्ष विष्णुप्रसाद चापागाई, सचिव सागर गौतम, सदस्यहरु निरज श्रेष्ठ, ओमप्रसाद अर्याल, विद्यालयका प्राचार्य मातृका प्रसाद वाग्लेले बालबालिकाहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
बुटवल उपमहानगरपालिका भित्र रहेपनि विकासबाट पिछडिएको सो विद्यालयलाई रोजेर वार्षिक कार्यक्रम गर्दै आएको प्रदेश संयोजक तथा संस्थापक अध्यक्ष बालकृष्ण अर्यालले बताए ।

यसैगरि कक्षा १ देखि ५ सम्मका २३ जना विद्यार्थीहरुमाझ खुला चित्रकला प्रतियोगितासमेत गरिएको छ।

प्रतियोगितामा दिपा थारु प्रथम हुँदै नगद ३ सय रुपैया, यसैगरि आशिका थारु द्घितिय स्थान हासिल गर्दै नगद २ सय रुपैया तथा राहुल यादव र सिजन परियार तृतिय, सान्त्वना हुने रामनारायण यादव र अश्विन यादवलाई नगदबाट पुरस्कृत गरिएको थियो ।