काम गर्न नसकेर छाेडेकाे भनाइ

काठमाडौं,६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनु ठूलो विषय नभएको बताएका छन् ।

एमाले पार्टी कार्यालय थापाथलीमा आयोजित देशैभरका वडा तहका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेर फर्किने क्रममा पत्रकारसँग उनले उक्त कुरा बताएका हुन् ।
‘उहाँले राजीनामा के को गर्नुभयो? के संयोजन सकिनँ भन्नुभयो। सहजीकरणको संयोजक हुनुहुन्थ्यो। मैले गरेर भएन भन्नु भयो,’ ओलीले भने, ‘त्यत्रो ठूलो कुरा पनि होइन। त्यो लिखित पनि होइन। स्वीकार्य पनि होइन। अस्वीकार्य पनि होइन। केही पनि होइन।’

पार्टीमा दश भाइ वा अन्य केही नभएको भन्दै उनले एमाले एकढिक्का रहेको दाबी गरे । उनले दश बुँदे सहमितमा केही बाँकी रहेको कुरा समाधान हुने पनि बताए ।

शुक्रबारको स्थायी कमिटी बैठकमा पाँचपृष्ठ लामो फरक मत राख्दै रावलले कार्यदलको संयोजक र सदस्य समेत नरहनेगरि राजीनामा दिने बताएका थिए ।