काठमाण्डौ,५ कार्तिक ।
नेपालीहरुको महान पर्व दशैं,तिहार,छठ लगायतका चाडपर्वको उपलक्ष्यमा पूर्वराजपरिवारका सदस्यहरुबीच सोल्टी होटलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।

हिमानी ट्रष्टद्धारा आयोजित उक्त कार्यक्रम केहीबेरअघि शुरु भएको छ ।

ट्रष्टका अध्यक्ष हिमानी शाहको अध्यक्षता र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वयुवराज पारस शाहलगायत झण्डै दुई सय जनाको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रममा कला,खेलकुद तथा साहित्यिक क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट महानुभावहरुलाई समेत आमन्त्रण गरिएको छ ।