नवलपरासी,५ कार्तिक ।
बसको ठक्करबाट नवलपरासी (पश्चिम) मा एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा जिल्लाको सुनवल नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङ रहेका छन्

उनलाई सुनवल नगरपालिका–१ स्थित सडकमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।