काठमाडौं,५ कात्तिक ।
नेपालमा शुक्रबार थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार २५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९३२ जना काेराेना संक्रमित निको भएका छन भने ११ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ८५ हजार ८१३ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेकाे छ । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
आज कुन जिल्लामा कति जनामा काेराेना संक्रमण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौंमा १७१, झापामा ५९, रुपन्देहीमा ४१, मोरङमा ३४, ललितपुरमा ३३, कास्कीमा २३, चितवनमा २२, भक्तपुरमा १८, नुवाकोटमा १३ तथा मकवानपुर र कैलालीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





