काठमाडौं,५ कार्तिक । अविरल वर्षासँगै देशका विभिन्न जिल्लामा गएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।
मृत्यु हुनेमा सबैभन्दा धेरै प्रदेश नम्बर १ का मात्रै ६२ जना रहेका छन् ।
मन्त्रलयका अनुसार प्रदेश नम्बर १ मा २० जना घाइते भएका छन् भने अहिले सम्म १३ जना बेपत्ता छन् ।

बाढी पहिरोबाट सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । यस्तै २३ जना अझै बेपत्ता रहेका छन् । घटनामा ४१ जना घाइते भएकाे र ४१ जना अझै बेपत्ता रहेकाे गृह मन्त्रालयले जनाएको छ । सुदुरपीचम प्रदेशमा पशुचौपाया समेत ठुलो संख्यामा मरेका छन् ।

यसैगरी प्रदेश २ मा १ जना बेपत्ता रहेका छन् भने बागमती प्रदेशमा १ को मृत्यु १ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । उता लुम्बिनीमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् । त्यस्तै कर्णालीमा ७ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता भएका छन् ।