बुटवल,४ कार्तिक ।
रुपन्देही प्रहरीले ६ महिनाको अबधिमा करिब ६ करोडको अवैध सामान बरामद गरेको छ ।
बैशाख यता करिब ६ करोड बराबरको अवैध सामान प्रहरीले थ बरामद गरेको हो ।
गत बैशाखदेखि कार्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४३७ रुपैयाँ बराबरको चोरी, तस्करीका समान बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४१२ रुपैयाँ बराबरको चोरी तस्करीको समान बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।
यस्तै जेठमा १२ लाख ७३ हजार ८८०, असारमा १ करोड ५ लाख २९ हजार ६९६, साउनमा १ करोड २४ लाख ९६ हजार ८९०, भदैमा ८५ लाख ४ हजार २८९, असोजमा १ करोड ४४ लाख २ हजार ११० र कार्तिकमा (४ गतेसम्म) १९ लाख ९८ हजार १६० हजार बराबरको चोरी तस्करीका समान बरामद भएको सहायक प्रवक्ता चन्द्रले बताए ।






