बुटवल,४ कार्तिक । राष्ट्रिय जनमुक्ति पार्टीले बाढी पहिरोबाट पिडित किसानहरूलाई उचित राहत प्रदान गर्न सरकारसँग माग गरेको छ ।
बेमौसमी वर्षाको कारण खाद्यान्न बाली (धान बाली) सहित देशको विभिन्न भागमा भएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै जनमुक्ति पार्टीले बाढी पहिरोबाट पिडितहरूलाई उचित राहत प्रदान गर्न सरकारसँग माग गरेको हो ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले आज एक प्रेस विज्ञप्ति जारी गरि पिडितहरूलाई उचित राहत प्रदान गर्न र बिस्थापितहरूकाे तत्काल पुनर्वासको व्यवस्था गर्न माग गरेका हुन् ।






