काठमाडौं,४ असाेज । लगातारको वर्षासँगै देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

असोज ३१ आइतबार देखि शुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश–१ मा ५३ जना र सुदूरपश्चिम प्रदेशमा ३० जनाको मृत्यु पुष्टि भएको छ । बिहीबारसम्ममा देशभर बाढी र पहिरोका कारण ४२ जना बेपत्ता भएका छन् ।