चितवन, १ कार्तिक ।
चितवन स्थित नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।
नवलपुरको गैंडाकोटतर्फबाट आएका अन्दाजी ५५ बर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।
हिजोबाट नदिमा पानीको बहाव बढेको र धमिलो पनि भएकोले बेपत्ता व्यक्ति हालसम्म फेला नपरेको विष्टले बताए । पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।






