काठमाडौं,३१ कार्तिक । साफ च्याम्पियनसिपको उपविजेता बनेका नेपाली टोली आज स्वदेश फर्किएको छ । स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।
साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गर्दै उनलेे आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३-० ले पराजित हुँदै उपविजेतामा सिमित भएकाे हो ।








