काठमाडौं,३१ असाेज । साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्ने नेपालको सपना अधुरै रहेको छ ।
माल्दिभ्समा भएको १३औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।
मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । यससँगै भारत आठौं पटक साफ विजेता बन्न सफल भएको छ ।
योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेलमा वियोगान्त अन्त्य भएको छ । यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी हिजाेको खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएनन् ।








